१३ असार २०८३, शनिबार

अश्लील फोटोमा महिलाको टाउको जोडेको तस्वीर आफन्तलाई पठाउने एक भारतीय नागरिक पक्राउ

मंसिर २८, २०७८
अश्लील फोटोमा महिलाको टाउको जोडेको तस्वीर आफन्तलाई पठाउने एक भारतीय नागरिक पक्राउ

सामाजिक सञ्जालमा महिलाको अश्लील फोटो बनाएर आफन्तलाई पठाउने एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले वैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने महिला साथीको अनुहारको भाग नग्न तस्वीरमा जोडेर ब्याल्कमेल गर्ने भारत उत्तर प्रदेशका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतवार पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडेर आफन्तलाई पठाइदिने धम्की दिई महिलाको आफन्तलाई पठाउने सालीमलाई काठमाडौं कलंकीबाट पक्राउ गरिएको परिसरका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए । 

‘पक्राउ सालीमले पीडित महिलाको नामबाट नक्कली फेसबुक आइडीसमेत बनाएको अनुसन्धानमा खुलेको छ,’ उनले भने । पक्राउ परेका उनलाई विद्युतीय कारोवार ऐन २०६३ अन्तर्गत मुद्दा दायर गरी सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रवक्ता मैनालीले बताए । 
 

salt training

कमेन्ट गर्नुहोस्