
नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनअन्तर्गत उपसभापति पदको मतगणना बिहीवार राति साढे १२ बजेसम्म जारी छ ।
जारी मतगणनामा पूर्णबहादुर खड्का जीत नजिक पुगेका छन् ।
उपसभापतिको ४३५८ मतगणना हुँदा पूर्णबहादुर खड्काले १९०१, विजयकुमार गच्छदारले १७२५, धनराज गुरुङले १७४१ र डा. चन्द्र भण्डारीले १४६५ मत पाएका छन् ।
खड्का र गच्छदार दुवै सभापति शेरबहादुर देउवा प्यानलका हुन् ।
कांग्रेस महाधिवेशनमा ४ हजार ७४३ प्रतिनिधि चुनिएर आएकोमा ४ हजार ६७९ जनाले मतदान गरेका निर्वाचन समितिले जनाएको छ ।
केन्द्रीय कार्यसमितिका २ उपसभापतिमा डा. चन्द्र भण्डारी, दिव्यश्वरी शाह, धनराज गुरुङ, पूर्णबहादुर खड्का, महेश आचार्य, विजयकुमार गच्छदार र सुजाता कोइरालाबीच प्रतिस्पर्धा छ ।
यसअघि सभापति पदमा दोस्रो चरणको निर्वाचनबाट प्रधानमन्त्री शेरबहादुर देउवा विजयी भइसकेका छन् ।