२६ जेठ २०८३, मंगलबार

दुई मतले हारेपछि गच्छदारले निकाले लफडा, पुनः मतगणनाको माग

दुई मतले हारेपछि गच्छदारले निकाले लफडा, पुनः मतगणनाको माग

उपसभापतिमा २ मतले पराजित भएपछि काँग्रेस नेता विजयकुमार गच्छदारले पुनः मतगणनाको माग गरेका छन् ।

बुधबार राति सार्वजनिक मतपरिणाम अनुसार सभापति शेरबहादुर देउवा समूहका गच्छदार शेखर कोइराला प्यानलका धनराज गुरुङसँग दुई मतले पराजित भएका थिए । गुरुङले १९०८ मत ल्याउँदा गच्छदारले १९०६ मत पाएका थिए ।

गच्छदारले मतपरिणाममा असहमति जनाउँदै निर्वाचन समितिलाई पुनः गणनाको माग गर्दै निवेदन दिएका हुन् ।

salt training

कमेन्ट गर्नुहोस्