३० जेठ २०८३, शनिबार

जंगलमा आगो निभाउन खोज्दा लामाको मृत्यु

जंगलमा आगो निभाउन खोज्दा लामाको मृत्यु

जंगलमा लागेको आगो निभाउन खोज्दा लडेर घाइते भएका डोल्पाको जगदुल्ला गाउँपालिका–१ हुरीकोटका ६० वर्षीय धावाटसी लामाको मृत्यु भएको छ । 

हुरिकोटमा आगो निभाउँदै गर्दा लडेर गम्भीर घाइते लामालाई हेलिकोप्टरमा नेपालगञ्ज पुर्‍याएपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

आगो अझैं नियन्त्रणमा आउन नसकेको स्थानीय टेकबहादुर शाहीले बताए ।

हेलिकोप्टर भाडा समेत उधारो भएकाले कसरी रकम जुटाउने भन्ने समस्या भएको शाहीले बताए । लामाको बुधवार राति मृत्यु भएको हो ।
 

salt training

कमेन्ट गर्नुहोस्