१० असार २०८३, बुधबार
कांग्रेस महाधिवेशन

यसरी हुँदैछ गगन, विश्वप्रकाशहरू उम्मेदवार रहेको कांग्रेस महामन्त्रीको मतगणना

पुस १, २०७८
यसरी हुँदैछ गगन, विश्वप्रकाशहरू उम्मेदवार रहेको कांग्रेस महामन्त्रीको मतगणना

नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको बहुप्रतिक्षित मतगणना बिहीवार बिहान करीब साढे १० बजेबाट शुरू भएको छ ।

उम्मेदवारका प्रतिनिधि आइपुग्न ढिला हुँदा मतगणना केही ढिला गरी शुरू भएको हो । दुई महामन्त्रीको टुंगो लगाउन ३ ठाउँमा मतगणना भइरहेको छ ।

महामन्त्रीको दुई पदका लागि गगन थापा, विश्वप्रकाश शर्मा, डा. प्रकाशशरण महत, प्रदीप पौडेल, डा. मीनेन्द्र रिजाल र राजाराम कार्की प्रतिस्पर्धामा छन् ।

थापा र रिजाल डा. शेखर कोइराला प्यानलका हुन् भने महत र पौडेल सभापति शेरबहादुर देउवा प्यानलबाट उम्मेदवार बनेका हुन् ।

कार्कीले भने विमलेन्द्र निधि प्यानलबाट उम्मेदवारी दिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्