
नेपाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशनअन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले अग्रता लिएका छन् ।
१०० मत गन्दा गगनले ७० मत प्राप्त गरेका छन् । दोस्रोमा रहेका विश्वप्रकाश शर्माले ३४, प्रकाश शरण महतले ३१, प्रदीप पौडेलले २७ र मीनेन्द्र रिजालले २१ मत प्राप्त गरेका छन् ।
राजाराम कार्कीको पक्षमा भने ४ मत परेको छ ।
कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।
सभापति र उपसभापति पदको मत गणना भने यसअघि नै सकिएको छ ।
सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जित हात पारेका छन् ।