२७ जेठ २०८३, बुधबार

भारतका सेनाप्रमुख नरवणे बने चीफ अफ स्टाफ कमिटी अध्यक्ष

पुस १, २०७८
भारतका सेनाप्रमुख नरवणे बने चीफ अफ स्टाफ कमिटी अध्यक्ष

भारतका स्थलसेना प्रमुख मनोज मुकुन्द नरवणेले चीफ अफ स्टाफ कमिटीको अध्यक्षको पदभार सम्हालेका छन् ।

उक्त कमिटीमा तीनै सेनाका प्रमुख रहन्छन् । 

गत ८ डिसेम्बरमा हेलिकप्टर दुर्घटनामा रक्षाअध्यक्ष अर्थात् चीफ अफ डिफेन्स स्टाफ जनरल बिपिन रावतको निधनपछि यो पद खाली थियो । 

जनरल नरवणे सेनाका सबभन्दा वरिष्ठ अधिकारी भएकाले उनलाई कमिटीको अध्यक्ष बनाइएको हो । सीडीएस पद सिर्जना हुनुअघि तीनै सेनाका प्रमुखहरूमध्ये सबभन्दा वरिष्ठलाई चीफ अफ स्टाफ कमिटीको अध्यक्ष बनाइन्छ । 

वायुसेना प्रमुख एयर चीफ मार्शल भी आर चौधरी र जलसेना प्रमुख आर हरि कुमार नरवणेभन्दा जुनियर छन् । 

लद्दाखमा गतिरोधको व्यवस्थापन गरेसँगै समग्र प्रदर्शन राम्रो गरेको आधारमा जनरल नरवणेलाई सीडीएसमा नियुक्त गर्न सकिन्छ । त्यसै पनि उनी तीनै सेनाप्रमुखमध्ये सबभन्दा वरिष्ठ हुन् । 

जनरल नरवणे सन् २०१९ को डिसेम्बर ३१ मा सेनाप्रमुख बनेका थिए । उनी अप्रिल महिनामा रिटायर हुँदैछन् । 

salt training

कमेन्ट गर्नुहोस्