
पाली कांग्रेसको १४ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत महामन्त्री पदको मतगणनामा गगन थापाले फराकिलो अग्रता कायम राखेका छन् ।
१६९५ मत गन्दा गगनले ११५५ मत प्राप्त गरेका छन् । विश्वप्रकाश शर्माले ७४१, प्रदीप पौडेलले ६१८, प्रकाशशरण महतले ५५४ र मीनेन्द्र रिजालले २९६ र राजाराम कार्कीले ५३ मत प्राप्त गरेका छन् ।
दुई महामन्त्री चयन गर्नुपर्ने भएकाले एउटा मतपत्रमा दुईवटासम्म मत दिन पाउने व्यवस्था छ ।
कांग्रेस मुख्यालय सानेपामा ३ स्थानमा मतगणना भइरहेको छ ।
सभापति र उपसभापति पदको मतगणना भने यसअघि नै सकिएको छ ।
सभापतिमा शेरबहादुर देउवा विजयी भएका छन् भने उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङले जीत हात पारेका छन् ।
खड्का देउवा र गुरुङ डा. शेखर कोइराला प्यानलका हुन् ।