०३ साउन २०८३, आइतबार
कांग्रेस महाधिवेशन

महामन्त्रीमा प्रकाशशरण महतको तुलनामा गगनको दोब्बर भोट

महामन्त्रीमा प्रकाशशरण महतको तुलनामा गगनको दोब्बर भोट

नेपाली कांग्रेसको महामन्त्री पदका लागि भएको मतगणनामा युवा नेता गगन थापाले फराकिलो अग्रता बनाएका छन् ।

३ हजार १२० भोट गणना हुँदा गगनले २ हजार ३७ मत प्राप्त गरेका छन् ।

विश्वप्रकाश शर्माले १ हजार २५५ र तेस्रो स्थानमा रहेका प्रकाशशरण महतले १ हजार २४ मत प्राप्त गरेका छन् ।

चौथो स्थानमा रहेका प्रदीप पौडेलले ९३५ मत प्राप्त गरेका छन् । संस्थापन पक्षका उम्मेदवार महतभन्दा डा. शेखर कोइराला प्यानलका उम्मेदवार गगन थापाको भोट झण्डै दोब्बर छ ।

महामन्त्रीका लागि सोमवार भएको मतदानमा ४ हजार ६८१ मत खसेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्