२८ जेठ २०८३, बिहीबार

अमेरिकाले बनायो चीन सरकारको प्रतिक्रियालाई पूर्वानुमान गर्ने सफ्टवेयर

पुस १, २०७८
अमेरिकाले बनायो चीन सरकारको प्रतिक्रियालाई पूर्वानुमान गर्ने सफ्टवेयर

अमेरिकाको प्रशान्त क्षेत्र कमान्डका सैन्य कमान्डरहरूले चीन सरकारको प्रतिक्रियालाई पूर्वानुमान गर्ने सफ्टवेयर विकसित गरेका छन् । 

प्रशान्त क्षेत्रमा अमेरिकाले सैन्य उपकरणको बिक्री, अमेरिका समर्थक सैन्य गतिविधि तथा ताइवान जस्ता हटस्पटमा अमेरिकी सांसदहरूको भ्रमणका विषयमा चीन सरकारले कस्तो प्रतिक्रिया जनाउनेछ भनी सफ्टवेयरले पूर्वानुमान गर्नेछ । 

अमेरिकाकी रक्षा राज्यमन्त्री क्याथलीन हिक्सलाई मंगलवार हवाईस्थित हिन्द प्रशान्त कमान्डको हेडक्वार्टरको भ्रमणमा यस नयाँ सफ्टवेयरका विषयमा बताइएको थियो । 

यस सफ्टवेयरले स्ट्राटेजिक फ्रिक्सनको गणना गर्ने एक रक्षा अधिकारीले बताएको रोयटर्स समाचार संस्थाले खबर दिएको छ । सन् २०२० को आरम्भदेखिको डेटालाई यसले हेर्नेछ र अमेरिका चीन सम्बन्धमा असर पार्ने उल्लेख्य गतिविधिहरूको मूल्यांकन गर्नेछ । 

अमेरिकाको कुन कदमले चीनको कठोर प्रतिक्रिया जन्माउनेछ भनी कम्प्युटर सिस्टमले पूर्वानुमान गर्नेछ । 

यस नयाँ सफ्टवेयरका कारण अमेरिकी अधिकारीहरूलाई चार महिना अघिबाट नै योजना बनाइएका गतिविधिका विषय कार्यान्वयनमा सहायता गर्नेछ । 
 

salt training

कमेन्ट गर्नुहोस्