२१ जेठ २०८३, बिहीबार

भारतमा बढ्यो युवतीको बिहे गर्ने न्युनतम उमेर, १८ वर्षबाट २१ पुग्यो

पुस १, २०७८
भारतमा बढ्यो युवतीको बिहे गर्ने न्युनतम उमेर, १८ वर्षबाट २१ पुग्यो

भारत सरकारले युवतीको बिहे गर्ने न्युनतम उमेर १८ वर्षबाट बढाएर २१ वर्ष पुर्‍याएको छ ।

यससँगै भारतमा पुरुष र महिलाको विवाह गर्ने उमेर समान भएको छ । सरकारले प्रचलित कानूनमा संशोधन गरेर युवतीको विवाह गर्ने न्युनतम उमेरलाई बढाउने प्रस्तावलाई मन्जुरी दिएको छ ।

सरकारले युवतीको विवाह लगायत विषयमा अध्ययन गर्न सन् २०२० जुनमा समता पार्टीकी पूर्व अध्यक्ष जया जेटलीको नेतृत्वमा टास्क फोर्स बनाएको थियो । जसमा नीति आयोगका सदस्य डा. वीके पाल समेत सहभागी थिए ।
टास्क फोर्सले गत महिना प्रधानमन्त्री नरेन्द्र मोदीलाई रिपोर्ट बुझाएको छ । समितिले युवतीको विवाहको न्युनतम उमेर २१ वर्ष गर्न सुझाव दिएको छ । देशभरका १६ विश्वविद्यालयका युवाको सुझावका आधारमा युवतीको विवाहको न्युनतम उमेर बढाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

युवतीले ढिलो विवाह गर्दा परिवार, महिला, बच्चा र समाजलाई सकारात्मक आर्थिक र सामाजिक प्रभाव पर्ने रिपोर्टमा उल्लेख छ । 

विवाहको उमेर बढाउने कानूनलाई रातारात लागू गर्न नसकिने सुझाव समेत दिइएको छ । विवाहको उमेर बढाउने विषयमा प्रदेश सरकारहरूलाई पर्याप्त समय दिएर कार्यान्वयनमा लैजानुपर्ने रिपोर्टमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्