२१ जेठ २०८३, बिहीबार

ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने चेतावनी

पुस १, २०७८
ओमिक्रोनका कारण स्वास्थ्य सङ्कट आउने चेतावनी

युरोपेली सङ्घ (ईयू)को स्वास्थ्य निकायले सन् २०२२ को सुरुसम्ममा कोरोनाभाइरसको ओमिक्रोन भेरिअन्ट युरोपमा सबैभन्दा प्रभावशाली स्ट्रेन हुने भन्दै चेतावनी दिएको छ ।

चेतावनीमा त्यसले अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढाउने समेत बताइएको छ ।

‘यूरोपियन सेन्टर फर डिजीज प्रिभेन्सन एन्ड कन्ट्रोल’ले सामाजिक दूरी, मास्क र बूस्टर खोप कार्यक्रममा जोड दिन सबै सदस्य राष्ट्रहरूलाई आग्रह गरेको छ । युरोपेली स्वास्थ्य आयुक्तले ईयू देशहरूलाई आफ्ना क्षमता बढाउन र आवश्यक सावधानी अपनाउनु नै महामारी नियन्त्रणको उत्कृष्ट माध्यम भएको भन्दै सबै मुलुकले नियन्त्रणका लागि प्रयास थाल्न ढिला गर्न नहुने बताएका छन् । 

यसै बिषयमा युरोपेली आयोग प्रमुख उर्जुला भोन देर लायनले भने, “ ओमिक्रोनका हकमा दुई वा तीन दिन नयाँ सङ्क्रमण दोबर बनेको देखिएको छ । यो निकै धेरै हो ।” 

salt training

कमेन्ट गर्नुहोस्