२१ जेठ २०८३, बिहीबार

भुटानले भारतका प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान दिने

पुस २, २०७८
भुटानले भारतका प्रधानमन्त्री मोदीलाई सर्वोच्च नागरिक सम्मान दिने

भुटान सरकारले देशको सर्वोच्च नागरिक सम्मान भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई दिने घोषणा शुक्रवार गरेको छ । 

न्गादाग पेल गी खोर्लो अर्थात् अर्ड अफ द ड्रागन किङ सम्मान मोदीलाई दिने घोषणा भुटानका राजाले गरेको भुटानी प्रधानमन्त्रीको कार्यालयले आफ्नो आधिकारिक फेसबूक पेजमा घोषणा गरेको छ । 

मोदीले भुटानका जनतालाई कोभिड महामारी र त्यसभन्दा अघिदेखि नै सहयोग गरिरहेको र निःशर्त मित्रता कायम गरेको विषयलाई भुटानी नरेशले जोड दिएको प्रधानमन्त्री कार्यालयको पोस्टले उल्लेख गरेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्