२९ असार २०८३, सोमबार

सहमहामन्त्री पिछडिएको क्षेत्रः ३१३ मत गन्दा पाण्डे १५७, शाही १४४

सहमहामन्त्री पिछडिएको क्षेत्रः ३१३ मत गन्दा पाण्डे १५७, शाही १४४

नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्र)मा बद्रि पाण्डेले अग्रता लिएका छन् । 

३१३ मत गन्दा पाण्डेले १५७ मत र जीवनबहादुर शाहीले १४४ मत पाएका छन् । 

पाण्डे कोइराला प्यानलका हुन् भने शाही देउवा प्यानलका हुन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । 

महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ । 

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्