
नेपाली कांग्रेसको सहमहामन्त्री (थारु)मा उमाकान्त चौधरी अगाडि छन् । १७७७ मत गन्दा उमाकान्तले ९८३ मत र तेजुलाल चौधरीले ७६९ मत पाएका छन् ।
उमाकान्त देउवा प्यानलका हुन् भने तेजुलाल कोइराला प्यानलका हुन् ।
कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेशी, खस/आर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ ।
महिला, दलित र आदिवासी जनजाति क्लस्टरको सहमहामन्त्री पदको भने मत परिणाम भने बिहीवार राति घोषणा भइसकेको छ ।
आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।