१० साउन २०८३, आइतबार

कांग्रेस सहमहामन्त्री खसआर्यमा राठौर विजयी

कांग्रेस सहमहामन्त्री खसआर्यमा राठौर विजयी

कांग्रेसको सहमहामन्त्री (खस/आर्य)मा किशोरसिंह राठौर विजयी भएका छन् । देवराज चालिसेलाई हराउँदै राठौर सहमहामन्त्रीमा विजयी भएका हुन् । 

राठौरले २५७६ मत ल्याए भने चालिसेले २०५९ मत ल्याएका छन् । राठौर देउवा प्यानलका हुन् भने चालिसे कोइराला प्यानलका हुन् । 

कांग्रेस केन्द्रीय निर्वाचन समितिका अनुसार मधेसी, खसआर्य, थारु, मुस्लिम र पिछडिएको क्षेत्र समूहका सहमहामन्त्रीको मतगणना भइरहेको छ । 

आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, महिलातर्फ महालक्ष्मी उपाध्याय ‘डिना’ र दलिततर्फको सह–महामन्त्रीमा जीवन परियार विजयी भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्