३० जेठ २०८३, शनिबार

विशेष स्कूल तथा पुनःस्थापना केन्द्रलाई सहयोग प्रंदान

विशेष स्कूल तथा पुनःस्थापना केन्द्रलाई सहयोग प्रंदान

काठमाडौंको पेप्सिकोलास्थित विशेष स्कूल तथा पुनः स्थापना केन्द्र (एसएसडी आरसीएस) लाई किवानिज क्लब अफ हिमालयले सहयोग गरेको छ ।

क्लबको छैटौं स्थापना दिवसको अवसरमा खाद्यान्न सहयोग गरिएको छ ।

पुनः स्थापना केन्द्रमा रहेका बौद्धिक अपाङ्गता (अटिज्म) भएका बालबालिकालाई खाद्य सामग्री वितरण गरिएको क्लबका पूर्व अध्यक्ष रोशन तिम्सिनाले जानकारी दिए ।

विशेष स्कूल तथा पुनःस्थापना केन्द्रकी सञ्चालिका सविता उप्रेतीले नेपालमा अटिज्ममा रहेका बालबालिकाहरूको वर्तमान अवस्थाबारे जानकारी दिँदै स्कूल स्थापना गर्न विभिन्न कठिनाइ भोग्नुपरेको बताइन् ।

‘अटिज्म भएका बालबालिकाहरूको हेरचाह गर्न निकै कठिनाइ एवं चुनौती हुन्छ । किवानिज क्लब अफ हिमालयले स्थापनाकालदेखि शिक्षा र स्वास्थ्य क्षेत्रमा सहयोग प्रदान गर्दैआएको छ,’ उप्रेतीले भनिन् ।

अटिज्म भएका बालबालिकालाई समाजमा पुनःस्थापना गराउन सबैको सहयोग आवश्यक रहेको क्लबका अध्यक्ष युवराज न्यौपानेले बताए ।

नेपालका सबै प्रदेशहरूमा गरी किवानिजका ९० वटा क्लब छन्, ती क्लबहरूमा १ हजार ९०० जना आवद्ध रहेका उनले बताए ।
 

salt training

कमेन्ट गर्नुहोस्