०२ साउन २०८३, शनिबार

बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

पुस ४, २०७८
बङ्लादेशमा कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु

बङ्लादेशमा आइतबारदेखि कोरोनाभाइरसविरुद्ध अतिरिक्त खोप लगाउन सुरु गरिएको छ ।

सरकारले अहिले परीक्षणको रूपमा अतिरिक्त खोप लगाउने अभियान सुरु गरेको अधिकारीहरूले जानकारी दिएका छन् ।

बङ्लादेशका स्वास्थ्य मन्त्री जहिद मालेक्वीले आइतबार राजधानी ढाकामा यस अभियानको सुरुआत गरे।

अभियानको उद्घाटन गरेपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले यस अभियानलाई चाँडै नै देशव्यापी गराइने जानकारी दिए ।

अतिरिक्त खोप पनि सुरुमा अग्रपङ्क्तिमा काम गर्नेहरूलाई उपलब्ध गराइने र त्यसपछि क्रमशः अरुलाई लगाइने उनले स्पष्ट पारे ।

salt training

कमेन्ट गर्नुहोस्