
कास्की अन्नपूर्ण गाउँपालिका-१०, घान्द्रुकस्थित ट्रसमा भिक्षा माग्दै हिँड्ने व्यक्तिको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।
बागलुङ, बागलुङ नगरपालिका-६ लहरेपीपल घर भएका भिक्षा माग्दै हिँड्ने ५७ वर्षीय शिव परियारको हत्या आरोपमा कुवापानीका ३६ वर्षीय अर्जुन विकलाई प्रहरीले पक्राउ गरेको हो ।
शनिवर उक्त ट्रसमा शव फेला परेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले घटनाको अनुसन्धान गर्ने क्रममा शिव र मादक पदार्थ सेवन गरेका अर्जुनबीच झगडा भएको खुल्यो । झगडाका क्रममा अर्जुनले शिवको हत्या गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
उनीमाथि ज्यानसम्बन्धी कसूरअन्तर्गत जिल्ला अदालत कास्कीबाट ४ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।