२४ जेठ २०८३, आइतबार

क्रिकेट खेलाडीको ‘यो–यो टेस्ट’ : पास नभए तलब काटिने !

पुस ५, २०७८
क्रिकेट खेलाडीको ‘यो–यो टेस्ट’ : पास नभए तलब काटिने !

क्रिकेट प्रतियोगितामा सफल हुन खेलाडीको मुख्य भूमिका हुन्छ । खेलाडीलाई मजबुत बनाउन क्रिकेट बोर्डले विभिन्न मापदण्ड बनाउने गर्छ ।

श्रीलंकाको क्रिकेट बोर्डले खेलाडीको शारीरिक परीक्षण ‘यो–यो टेस्ट’ लिएर छनौट र तलब निर्धारणबारे निर्णय लिने भएको छ ।

शारीरिक तन्दुरुस्तीका विशेष ख्याल दिने नीति लिँदै बोर्डले खेलाडीको दौड गराउने र सफल नभए तलब काट्ने नीति लिएको छ ।

नयाँ मापदण्डअनुसार खेलाडीले तलब पाइराख्न र छनौट हुन २ किलोमिटरलाई ८.१० मिनेटमा पूरा गर्नुपर्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

खेलाडीले २ किलोमिटर पार गर्न ८.३५–८.५५ मिनेट लगाएमा तलब काटिने भएको छ । खेलाडीले २ किलोमिटर पार गर्न ८.५५ मिनेटभन्दा बढी समय लगाएमा छनौट हुने छैन ।

बोर्डले आगामी ७ जनवरीमा जाँच राखिएको छ । महिनामा जुनसुकै बेला पनि खेलाडीको नमूना परीक्षण हुनसक्ने जनाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्