
नेपाली कांग्रेसको खुला महिला केन्द्रीय सदस्यमा डिला संग्रौलाले अग्रता कायम गरेकी छन् ।
पार्टी मुख्यालय सानेपामा २०६५ मतगणना हुँदा संग्रौलाले १२६८ मत प्राप्त गरेकी हुन् । दोस्रोमा रहेकी पुष्पा भुसालले ११९६ मत पाउँदा आरजु राणा १११६ मत पाएर तेस्रो स्थानमा छिन् ।
शीर्ष ९ भित्र क्रमश: अम्बिका बस्नेत ९९८, ईश्वरी न्यौपाने ९८५, सरिता प्रसाईं ९४९, रमा कोइराला ८१३, सुशीला ढकाल ७९४ र रंगमति शाही ७८० छन् । यसअघि शीर्ष ९ भित्र रहेकी अनिता देवकोटा १० नम्बरमा छिन् ।
खुला महिला केन्द्रीय सदस्यतर्फ ३० उम्मेदवार रहेकोमा ९ जना निर्वाचित हुनेछन् ।