२४ असार २०८३, बुधबार

१७.९३ अंकले घट्यो नेप्से, २ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

१७.९३ अंकले घट्यो नेप्से, २ कम्पनीको शेयरमूल्यमा सर्किट ब्रेक

सोमवार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ ।

यस दिन नेप्से परिसूचक १७.९३ अंकले घट्दै २३५८.८१ विन्दुमा आइपुगेको हो ।

सोमवार सेन्सेटिभ परिसूचक २.३४ अंकले घट्दै ४५१.१९ विन्दुमा झरेको छ ।

यस दिन कुल २ सय ३१ कम्पनीको ५४ लाख  ३९ हजार ८७ कित्ता शेयर २ अर्ब ४६ करोड ४६ लाख ८९ हजार ८६३ रुपैयाँ बराबरमा किनबेच भएको छ । 

यस दिन म्यानुफ्याक्चर तथा प्रोडक्सन र माइक्रोफाइनान्सबाहेक अन्य सबै समूहको सूचक ऋणात्मक छ । 

यस दिन गुर्खाज फाइनान्स लिमिटेड र हिमालयन डिष्टिलरी लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । 

सोमवार माउन्टेन इनर्जी नेपाल लिमिटेडको शेयर मूल्यमा सर्वाधिक धेरै ६.१७ प्रतिशतको गिरावट आएको छ । 

यस दिन कारोबार रकमका आधारमा गुर्खाज फाइनान्स लिमिटेडको सबैभन्दा धेरै १९ करोड २७ लाख १० हजार ६५१ रुपैयाँ बराबरको शेयर किनबेच भएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्