२१ असार २०८३, आइतबार

२४ घण्टामा थपिए २२० संक्रमित, एक जनाको मृत्यु

२४ घण्टामा थपिए २२० संक्रमित, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा २२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार १४१ नमूना परीक्षणमध्ये २१८ पीसीआर र २ जनामा एन्टिजेन पोजिटिभ देखिएको हो । 

यस्तै पछिल्लो २४ घण्टामा एक जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु संख्या ११ हजार ५७४ पुगेको छ । 

मन्त्रालयका अनुसार थप २६३ जना संक्रमणमुक्त भएका छन् । 

यससँगै हालसम्म कोरोना संक्रमणमुक्त हुनेहरूको संख्या ८ लाख ९ हजार १५५ पुगेको छ । 

हाल मुलुकभर ५ हजार २२५ सक्रिय संक्रमित छन् ।

salt training

कमेन्ट गर्नुहोस्