
कोभिड-१९ महामारीको बिच, नेपालका २ देखि ४ वर्ष उमेर समुहका प्रत्येक पाँच जना बालबालिका मध्ये एक विकासको लयभन्दा बाहिर रहेको युनिसेफको नयाँ तथ्याङ्कले जनाएको छ । महामारीले विशेष गरी बालबालिकाको स्वास्थ्य, सिकाइ र मनोसामाजिक अवस्थालाई असर पारेको छ।
अगस्ट महिनामा गरिएको प्रारम्भिक बाल विकास सूचकांक (ECDI ) सर्वेक्षणले देखाएअनुसार, ग्रामीण क्षेत्रमा बसोबास गर्ने बालबालिका, कम आय भएका परिवारका बालबालिका, अशिक्षित वा न्यून शिक्षा स्तर भएका हेरचाहकर्ताहरूको देखभालमा रहेका बालबालिका र प्रारम्भिक बाल शिक्षा कार्यक्रमहरूमा सहभागी नभएका बालबालिका विकासको लय भन्दा टाढिने उच्च जोखिममा रहेका छन्। प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका माझ पनि, निजी कार्यक्रमहरूमा भाग लिनेको तुलनामा सरकारी प्रारम्भिक बाल शिक्षामा भाग लिनेहरु विकासको लयभन्दा बाहिर हुने अधिक जोखिममा थिए । ECDIसर्वेक्षण फोनमा आधारित सर्वेक्षण हो । २ देखि ४ वर्ष उमेर समूहका बालबालिकाको विकास आवश्यकता र स्थिति बुझ्नको लागि राष्ट्रव्यापी रूपमा यो सर्वेक्षण बालबालिका भएका २८५३ घरधुरीहरूमा गरिएको थियो ।
हेरचाहकर्ताहरूसँग किताबहरू पढ्ने, कथाहरू सुनाउने, गीत गाउने, घुम्न जाने, वस्तुहरूको नाम भन्ने, गन्ने, वा चित्र कोर्ने जस्ता बालबालिकाको चेतनालाई प्रस्फुटित गर्ने खालका प्रारम्भिक क्रियाकलापहरू उनीहरूको विकास र सिकाइको लागि महत्त्वपूर्ण भएको पाइयो । यद्यपि, तथ्याङ्कले पूर्व-महामारी अवस्थाको तुलनामा अभिभावकको संलग्नतामा कमी आएको खुलासा गरेको छ । गतिशील अवस्था अन्तर्गत र विशेष गरी अगस्ट २०२१ मा निषेधाज्ञाहरू खुकुलो पार्दा मानिसहरूको जीवन प्रभावित भएको समयमा, २०१९ मा ७३ प्रतिशतको तुलनामा २०२१ मा ३१ प्रतिशत बालबालिकाले मात्रै घरमा यस्ता प्रारम्भिक क्रियाकलापमा सङ्लग्न भएका थिए । अक्टोबर महिनामा गरिएको थप सर्वेक्षण अनुसार कडा निषेधाज्ञाबाट सामान्य अवस्थामा फर्केसँगै आमाहरूको संलग्नतामा सुधार भएको देखियो । यद्यपि, सामाजिक मानक कायम राख्दै, बुबाहरूको अभिभावकत्वको संलग्नता भने न्यून (६ प्रतिशत) कायम रह्यो।
सर्वेक्षण गरिएकामध्ये आधा जति बालबालिका पूर्व प्राथमिक तहमा भर्ना भएको पाइएको छ । यद्यपि, विद्यालय बन्द हुँदा ३४ प्रतिशत बालबालिका वैकल्पिक विधिबाट सिकाइमा संलग्न भएका थिएनन् । धेरै जसो बालबालिकाको घरमै ट्यूशनमा पहुँच थियो, जबकि अनलाइन कक्षा, मोबाइल फोनबाट हुने शिक्षण, रेडियो, टिभी, दूर शिक्षण जस्ता सरकारको आपतकालीन कार्ययोजनाद्वारा निर्दिष्ट वैकल्पिक सिकाइ माध्यमहरू कम प्रयोग भएका थिए । रेडियो, टिभी र टेलिफोनमा आधारित शिक्षण सिकाई जस्ता न्यून-प्रविधि सहितका समाधानहरू पनि कम मात्रै प्रयोग भए । अनलाइन कक्षा जस्ता उच्च-प्रविधि सहितका समाधानहरू निजी प्रारम्भिक बाल शिक्षामा भाग लिने बालबालिका बिच मात्र प्रयोगमा आयो । कम-प्रविधि सहितका समाधानहरू र उच्च-प्रविधि सहितका समाधानहरूमा असमान पहुँचले गर्दा निजी प्रारम्भिक बाल शिक्षामा र अन्य बालबालिका बिचको विकासात्मक अन्तर देखिएको हुन सक्छ । अध्ययनको विवरण यहाँ पाउन सकिन्छ ।
सबै बालबालिकाले आफ्नो विकासका सम्भावनाहरू महसुस गर्न र थप सिक्नको लागि तयार हुने कुरा सुनिश्चित गर्न, सर्वेक्षणको नतिजाको आधारमा, युनिसेफले सरकार, विकास साझेदारहरू, शिक्षकहरू, अभिभावकहरू र अन्य सरोकारवालाहरूलाई निम्न कुराहरू गर्न आह्वान गर्दछ :