२२ जेठ २०८३, शुक्रबार
संसद्को गतिरोध जारी

एमालेको नाराबाजीका बीच २ अध्यादेश स्वीकृत गरेर प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित

एमालेको नाराबाजीका बीच २ अध्यादेश स्वीकृत गरेर प्रतिनिधि सभा बैठक भोलिसम्मलाई स्थगित
फाइल फोटो

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको नाराबाजीका बीच दुई अध्यादेश स्वीकृत गरेर प्रतिनिधि सभाको बैठक बुधवार (भोलि)सम्मका लागि स्थगित भएको छ ।

मंगलवार बसेको बैठकको शुरूमै एमालेले वेलमा पुगेर नाराबाजी थाले पनि कानून मन्त्री दिलेन्द्र बडूले पेश गरेको यौन हिंसा विरुद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ र फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८ स्वीकृत भएको हो ।

यी दुवै अध्यादेश अस्वीकृत गर्न नेमकिपाका प्रेम सुवालले पेश गरेको विरोधको सूचना बहुमतले अस्वीकृत भयो ।

एमालेले पार्टीका तर्फबाट १४ सांसदलाई गरिएको कारवाही अनुसारको सूचना प्रकाशित नगरेको विरोधमा भदौ २३ गतेदेखि संसदमा नाराबाजी गर्दै आएको छ ।

एमालेले माधव नेपालसहित पार्टीका तत्कालीन १४ सांसदलाई कारवाही गरेको थियो ।

तर, सभामुख अग्नि सापकोटाले तत्काल सूचना प्रकाशित नगरी केही दिन ढिलाइ गरेपछि एमाले औपचारिक रूपमा विभाजित भयो । सभामुखले त्यही कारण देखाउँदै सूचना प्रकाशित गर्नु नपर्ने निर्णय गरे ।

त्यसैको विरोधमा एमालेले संसदमा अवरोध गर्दै आएको छ । कि त कारवाहीको सूचना प्रकाशित गर्नुपर्ने कि सभामुखले राजीनामा दिनुपर्ने एमालेको अडान छ ।

अहिले ती १४ सांसद नेकपा (एकीकृत समाजवादी) पार्टीमा छन् ।

salt training

कमेन्ट गर्नुहोस्