०४ असार २०८३, बिहीबार

कांग्रेस केन्द्रीय सदस्यमा मधेशीतर्फ यी ९ उम्मेदवार विजयी

कांग्रेस केन्द्रीय सदस्यमा मधेशीतर्फ यी ९ उम्मेदवार विजयी
फाइल फोटो

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत समावेशी मधेशी तर्फको केन्द्रीय सदस्यको मतपरिणाम सार्वजनिक भएको छ ।

मधेशी क्षेत्र खुलामा ५ केन्द्रीय सदस्य निर्वाचित हुने व्यवस्था कांग्रेसका विधानमा छ ।

अन्तिम मतपरिणाम अनुसार अजय चौरसिया २ हजार ५२२, विनोद चौधरी २ हजार २०६, चन्द्रमोहन यादव २ हजार १३८, महेन्द्रकुमार राय १ हजार ९८४ र दिनेशकुमार यादवले १ हजार ९५९ मत प्राप्त गरी निर्वाचित भएका निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले जानकारी दिए ।

नवनिर्वाचित केन्द्रीय सदस्य चौधरी प्रसिद्ध उद्योगपति हुन् । चन्द्रमोहन भने संघीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवका छोरा हुन् ।

यस्तै, मधेशी महिलातर्फ मुक्ताकुमारी यादव ३ हजार ९६९, मिनाक्षी झा ३ हजार १२, मञ्जुकुमारी यादव २ हजार ८८३ र नागिना यादव २ हजार ८४६ मत ल्याएर विजयी भएका समितिले जनाएको छ ।

गत मंसिर २७ गते पदाधिकारीसहित १३४ पदका लागि भएको निर्वाचनको ७२ जनाको मत परिणाम सार्वजनिक भएको छ । समावेशी तर्फका बाँकी ६२ केन्द्रीय सदस्यको मत परिणाम पनि बुधवारसम्म सार्वजनिक गर्ने गरी मतगणना भइरहेको सचिव श्रेष्ठले जानकारी दिए ।
 

salt training

कमेन्ट गर्नुहोस्