
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पताल प्रालिद्धारा संचालित अल्का आइभिएफ एण्ड फर्टिलिटी सेन्टरमा २ जना विशेषज्ञहरुले सेवा शुरू गरेका छन् ।
आईभिएफ विशेषज्ञद्वय डाक्टर स्वेता सिंह र डाक्टर नेहा हुमागाईँले अल्कामा सेवा शुरू गरेका हुन्।
उनीहरु दुबै जना आइभिएफसम्बन्धि विशेषज्ञ हुन् ।
केयुबाट एमबीबीएस र एमडी गरेकी गुमागाइँ चेन्नइबाट आइभिएफ र ल्याव्रोस्कोपीमा फेलोसिप गरेकी डाक्टर हुन्।
उनीसँग राजधानीका विभिन्न अस्पतालहरुसँग काम गरेको अनुभव छ। केयुबाट एमबीबीएस र एमडी गरेकी डाक्टर सिंहले दिल्लीबाट इनफर्टिलिटीमा फेलोसिप गरेकी छिन। उनीहरु दुबैले वर्षे फेलोसिप गरेर नेपाल मेडिकल काउन्सिलमा इनफर्टि विशेषज्ञको रुपमा नाम दर्ता गराएका छन।
अल्का अस्पतालले अहिले स्तरउन्नतिसँगै अल्का आइभिएफ सेवा सुरु गरेको छ। सुलभ दरमा अल्का अस्पतालले अन्र्तराष्ट्रिय स्तरको सेवा दिइरहेको छ।