
नेपाली कांग्रेस केन्द्रीय सदस्य मुस्लिम खुला तथा महिला पदको मतपरिणाम सार्वजनिक भएको छ ।
पार्टीको १४औँ महाधिवेशनको मंसिर २७ गते भएको मतदानको मंगलवार सार्वजनिक मतपरिणामअनुसार मुस्लिम खुलातर्फ अब्दुल रज्जाक २ हजार ३९० र अब्दुल सतार २ हजार २२८ मत ल्याएर विजयी भएका छन् ।
निर्वाचनमा अकिल मियाले १ हजार ५९९), मोहम्मद इर्शाद अन्सारीले १ हजार ४२१, अब्दुल रहिमले २९९, मोख्तार अहमदले २१८, हसन अन्सारीले ४०१, मोहमद निजामुद्दिनले १७९, मोहम्मद नसिर सिद्धिकीले १२३ र सलाउ द्दिन मियाले १६८ मत प्राप्त गरेका केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले जानकारी दिए ।
केन्द्रीय सदस्य मुस्लिम महिलामा जावेदा खातुन जागा १ हजार ९०० मत ल्याई विजयी भएकी छन् । प्रतिस्पर्धामा जमिला मियाले १ हजार ४४१, गोमा अन्सारीले ४७८, जमिला खातुनले ३३८, यासीवा रहमानले २०३ र सनम बेगमले १४६ मत प्राप्त गरेका छन् ।