०२ साउन २०८३, शनिबार

संविधान संशोधन गरी नेपालमा मृत्युदण्डको कानून ल्याउन संसदमा माग

संविधान संशोधन गरी नेपालमा मृत्युदण्डको कानून ल्याउन संसदमा माग
फाइल फोटो

नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले संविधान संशोधन गरेर मृत्युदण्डसम्बन्धी कानून ल्याउन माग गरेका छन् । 

बुधवार प्रतिनिधि सभा बैठकमा तेजाव तथा अन्य घातक रासायनिक पदार्थ नियमन सम्बन्धी अध्यादेश, २०७८ माथि विरोधको सूचना पेश गर्ने क्रममा सुवालले मृत्युदण्डको कानून ल्याउन माग गरेका हुन् । 

‘तेजाबलगायत घातक रसायनिक पदार्थ नियमनका लागि संविधान संशोधन गरी मृत्युदण्डको कानून आउन जरुरी छ,’ उनले भने । नेपालको संविधानले मृत्युदण्डसम्बन्धी कानून बनाउन प्रतिबन्ध लगाएको छ । 

विरोधको सूचनामाथि गृहमन्त्रीको तर्फबाट जवाफ दिँदै सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले तेजाबजस्ता रासायनिक पदार्थ नियमनका लागि तुरुन्तै कानून कार्यान्वयनमा ल्याउनु परेकाले अध्यादेश ल्याउनुपरेको भन्दै विरोधको सूचना फिर्ता गर्न माग गरे ।  

अध्यादेशमार्फत नेपालमा तेजाबलगायत अन्य रासायनिक पदार्थको आयात र बिक्रीका लागि अनुमति पत्र लिनुपर्ने व्यवस्था गर्न लागिएको उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्