
नेकपा (माओवादी केन्द्र)को प्रथम राष्ट्रिय सम्मेलनमा एक हजार ५०० प्रतिनिधि सहभागी हुने भएका छन् । पुस ११–१३ मा काठमाडौंको प्रज्ञा भवनमा हुने सम्मेलनबारे आयोजित पत्रकार भेटघाटमा सो जानकारी दिइएको हो ।
प्रदेशबाट ८०३, आयोजक १६९, सल्लाहकार १४९, केन्द्रीय विभाग १०२, आयोगको ७५, ज्येष्ठ नागरिक १२५ र केन्द्रीय प्रतिनिधि २७ जना रहनेछन् ।
साथै ५ प्रतिशत मनोनीत (पूर्व जनमुक्ति सेना, पार्टी एकताबाट आएका) हुनेछन् । यो संख्या घटबढ पनि हुन सक्ने बताइएको छ ।
सम्मेलनको तयारीस्वरुप भक्तपुर, ललितपुर र काठमाडौंमा गेट बनाइने, आकाशे पुलमा ब्यानरलगायतका कामहरू भइरहेको माओवादी केन्द्रले जनाएको छ ।