३१ जेठ २०८३, आइतबार

माओवादी प्रदेश १ को चुनाव साँझ ७ बजेदेखि

माओवादी प्रदेश १ को चुनाव साँझ ७ बजेदेखि

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को पदाधिकारी चयनका लागि निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ । 

निर्वाचन समितिले साँझ ७ बजेदेखि मतदानका लागि समय तोकेको छ । 

निर्वाचनमा पदाधिकारी चयनका लागि प्रदेश समितिका २५९ जनाले मतदान गर्नेछन् । 

माओवादी केन्द्रको प्रदेश समितिमा ९ जना पदाधिकारी रहने व्यवस्था छ । सहमतिको प्रयासका नाममा १२ दिनसम्म चुनाव नगरी बसेको माओवादीले चुनाव र मतगण्ना तथा शपथ ग्रहणसमेत आजै गर्ने तयारी गरेको छ । 

सर्वसम्मत गर्ने प्रयास असफल भएपछि मतदानबाट पदाधिकारीको टुंगो लागिएको निर्वाचन समिति संयोजक राजन किरातीले बताए । 

निर्वाचन समितिले शपथ ग्रहण राति साढे ११ बजेका लागि तोकेको छ । 

अध्यक्ष पदमा हर्कबहादुर लावती र मोक्साहाङ मेन्याङ्बो मुख्य दाबेदार देखिएका छन् । उनीहरूबीच सहमति नभएपछि मतदानबाट नेतृत्व टुंगाउन लागिएको हो ।

मसिर २५ गतेदेखि अधिवेशन शुरू भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्