
ड्याट्सन नेपालले राष्ट्रव्यापी रुपमा ‘नेसनवाइड सर्भिस क्याम्प’ कार्यक्रम आयोजना गर्ने भएको छ ।
कम्पनीले २६ डिसेम्बरदेखि २८ डिसेम्बरसम्म देशभरका प्रमुख शहरहरूमा क्याम्प आयोजना गर्न लागेको हो ।
कम्पनीका अनुसार, क्याम्पमा निःशुल्क रुपमा लेबर चार्ज, टप वास सुविधा पाइनेछ ।
यस्तै ८०% सम्म एक्सेसरीजमा छुट र नियमित सेवा र उपभोग्य वस्तुहरूमा १०% सम्म छुट पाउन सकिने कम्पनीले जनाएको छ ।