
प्रदेश १ का सत्तारुढ गठबन्धन सरकारको गठित न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले मुख्यमन्त्री राजेन्द्र राईलाई प्रतिवेदन बुझाएको छ ।
५ दलीय न्यूनतम साझा कार्यक्रम तयारी कार्यदलले बुधवार मुख्यमन्त्री राजेन्द्र राईलाई कार्यदलले प्रतिवेदन बुझाएको हो । राजनीतिक उच्च स्तरीय समितिले प्रदेश सभा सदस्य शेखरचन्द्र थापा संयोजकत्वमा ६ सदस्य न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल गठन गरेको थियो ।
कार्यदलको सदस्यमा राजन राई, धीरेन्द्र शर्मा, रामचन्द्र लिम्बू, अशोक चेम्जोङ सदस्य रहेका छन् भने र शेरधन राई नेतृत्वको सरकारले प्रदेश योजना आयोगको सदस्यमा नियुक्त गरेका डा. पूर्ण लोक्सोम सदस्य सचिव थिए ।
सरकारको दीर्घकालीन र अल्पकालीन योजनासहितको प्रतिवेदन मुख्यमन्त्रीलाई बुझाएको कार्यदलका संयोजक थापाले बताए । स्वास्थ्य, शिक्षा पर्यटन उद्योग कृषिलाई प्राथमिकता राखेको उनले बताए । प्रतिवेदनमा अल्पकालीनमा कोरोनालाई प्राथमिकतामा राखिएको उनले उनको भनाइ छ ।
प्रतिवेदन बुझ्दै मुख्यमन्त्री राईले प्रतिवेदन अध्ययन गरेर सार्वजनिक गर्ने बताएका छन् । ५ दलीय गठबन्धनले नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा उच्चस्तरीय राजनीति संयन्त्र गठन गरेको थियो ।
संयन्त्रले न्यूनतम साझा कार्यक्रम तयारी कार्यदल बनाएको थियो । कार्यदलले प्रतिवेदन बुझाएसँगै शेरधन राई नेतृत्वको सरकारले ल्याएका बजेट पुनरावलोकन गर्न सहज हुने गठबन्धन दलका नेताहरूले बताएका छन् ।
प्रदेश १ सरकार अघिल्लो सरकारले ल्याएको बजेटलाई पुनरावलोकन गर्ने तयारीमा जुटिसकेको छ ।
सत्तारुढ दलका एक सांसदले भने यो प्रतिवेदनमा नेताहरू बसेर छलफल गरेर पास गरेपछि तुरुन्तै बजेट पुनरावलोकन हुन्छ ।