१९ असार २०८३, शुक्रबार

लक्ष्मी बैंकले शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर दिने

लक्ष्मी बैंकले शेयरधनीहरूलाई ८ प्रतिशत बोनश शेयर दिने

लक्ष्मी बैंक लिमिटेडको एक्काइसौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।

साधारण सभाले बैंकको चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । पारित बोनस शेयरसँगै बैंकको चुक्ता पूँजी रु ११ अर्ब ५५ करोड पुगेको छ । 

साधारण सभाले आर्थिक वर्ष २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन तथा सोही आर्थिक वर्षको बैंकको वित्तीय विवरण उपर छलफल गरी स्वीकृत गरेको छ । 

आ.व. २०७७/७८ मा रु ११७ अर्ब निक्षेप र रु १०८ अर्ब कर्जा पुर्‍याएको यस बैंकको वासलातको आकार रु १५२ अर्ब रहेको छ । सो आ.व.मा बैंकले १ अर्ब ५७ करोड रुपैंया खुद मुनाफा आर्जन गर्न सफल भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्