३२ असार २०८३, बिहीबार

माओवादी केन्द्रको स्थायी कमिटीमा प्रचण्डको प्रतिवेदन पेश, बैठक ३ बजेसम्मका लागि स्थगित

माओवादी केन्द्रको स्थायी कमिटीमा प्रचण्डको प्रतिवेदन पेश, बैठक ३ बजेसम्मका लागि स्थगित

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक दिउँसो ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ । 

शुक्रवार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले राष्ट्रिय सम्मेलनमा पेश गर्नका लागि तयार गरेको प्रतिवेदन पेश गरेका थिए । 

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराका अनुसार अध्यक्ष प्रचण्डले प्रतिवेदनको संक्षिप्तरूप वाचन गरेर बैठकमा पेश गरेका थिए ।

माओवादी केन्द्रले पुसको ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन बोलाएको छ । 

सम्मेलनले पार्टीलाई क्रान्तिकारी विचारसहितको क्रान्तिकारी पार्टी बनाउने दाबी गरेको छ । 

अध्यक्ष प्रचण्ड पार्टी एकीकरण कार्यक्रममा सहभागी हुन जानुपर्ने भएकाले बैठक केहीबेरको लागि स्थगित भएको महराले बताए । 

नेकपा मसलाबाट विद्रोह गरेको समूह र नेकपा (माओवादी) बाट विद्रोह गरेको प्रभात चलाउनेको समूहले माओवादी केन्द्रसँग एकीकृत हुने भएको छ । 

काठमाडौंको त्रिपुरेश्वरमा एकीकरण कार्यक्रम आयोजना गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्