
संघीय प्रहरी इकाई प्रहरी कार्यालय, रूपन्देहीमा कार्यरत वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) सुशीलकुमार यादवको शव उनको परिवार आएपछि मात्रै उठाइने भ एको छ ।
शुक्रवार दिउँसो १२ बजेतिर यादव आफ्नै क्वार्टरमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
पश्चिम नवलपरासी रामग्राम नगरपालिका वडा नम्बर–५ स्थायी घर भएका यादवको परिवार काठमाडौंमा बस्दै आएको छ ।
जिल्ला प्रहरी कार्यालय, रूपन्देहीका प्रहरी निरीक्षक भास्कर चन्दले काठमाडौंबाट यादवकी श्रीमती काठमाडौंबाट आएपछि मात्र कोठा खोल्ने बताए । यादवका बुबाआमा भने घटनास्थलमा पुगिसकेका छन् ।
‘अहिले हामीले केही गरेका छैनौं,’ चन्दले लोकान्तरसँग भने, ‘परिवार आएपछि मात्र कोठा खोल्ने निर्णयमा पुगेका छौं । बाँकी कुरा अनुसन्धान हुँदैछ ।’
प्रहरी अधिकारीहरू घटनास्थलमा पुगिसकेका छन् ।