१९ असार २०८३, शुक्रबार

प्रदेश सरकारप्रति संघीय सरकारको हेपाहा प्रवृत्ति- कानूनमन्त्री कार्की

प्रदेश सरकारप्रति संघीय सरकारको हेपाहा प्रवृत्ति- कानूनमन्त्री कार्की

प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले संघीय सरकारको हेपाहामा प्रदेश सरकार परेको बताएका छन् । 

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले विराटनगरमा गरेको मानवअधिकार वर्ष पुस्तकको समीक्षा कार्यक्रममा बोल्दै मन्त्री कार्कीले माथिल्लो सरकारले तल्ला सरकारलाई हेप्ने गरेका कारण गति लिन नसकेको बताएका हुन् । 

उनले भएको कुरासमेत नदिने दिनै परे पनि ‘पखपख हेरहेर’ गरेर रोकेको आरोपसमेत लगाए । संघीय सरकारले अधिकार नदिँदा काम गर्न समस्या भएको उनको भनाइ छ । 

‘अघिल्लो सरकारले पनि विभिन्न बहाना बनाएर प्रदेश सरकारलाई दिनुपर्ने अधिकार दिएन,’ उनले भने, ‘अहिलेको सरकारको पनि छाँटकाँट उस्तै छ ।’

संघीय सरकारले धेरै कानून नबनाउँदा प्रदेश सरकारले गति लिन नसकेको उनी बताउँछन् ।
 

salt training

कमेन्ट गर्नुहोस्