२८ असार २०८३, आइतबार

दिल्लीमा सबै नागरिकलाई लगाइयो कोरोनाविरुद्धको खोप

पुस ९, २०७८
दिल्लीमा सबै नागरिकलाई लगाइयो कोरोनाविरुद्धको खोप

 भारतको संघीय राजधानी नयाँ दिल्लीमा कोभिडविरूद्धको खोप लगाउन योग्य जनसङ्ख्याको सतप्रतिशत व्यक्तिलाई खोपको पहिलो मात्रा लगाइसकेको मुख्यमन्त्री अरविन्द केजरीवालले शुक्रबार बताएका छन् ।

ट्वीटरमार्फत् खोप कार्यक्रमबारे जानकारी गराउँदै मुख्यमन्त्री केजरीवालले दिल्लीले कोभिड–१९ विरूद्धको खोपकोे पहिलो मात्रा खोप लगाइसकेको भन्दै कार्यक्रम सफल पार्न प्रत्यक्ष वा परोक्ष रूपमा योगदान पुर्याउने सबैप्रति आभार व्यक्त गरे ।

दैनिक एक करोड ४८ लाख ३३ हजार व्यक्तिले देशभरबाट कोभिडविरूद्धको खोप लगाउने गरेका उनले बताए ।

बिहीबार दिल्लीमा ११८ नयाँ कोभिड–१९ सङ्क्रमणका घटना दर्ता भएका थिए भने एक व्यक्तिको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा दिल्लीको सङ्क्रमण दर ०.१३ प्रतिशत रहेको बताइएको छ ।

यसैबीच राष्ट्रिय राजधानी नयाँ दिल्लीले डिसेम्बर १ देखि सक्रिय कोभिड–१९ मामिलामा ११८ प्रतिशत वृद्धि भएको जनाएको छ । दिल्ली राज्यको स्वास्थ्य बुलेटिन अनुसार राष्ट्रिय राजधानीमा पछिल्ला केही दिनमा कोरोनाभाइरस संक्रमण दर बढेको देखिएको छ ।

डिसेम्बर १३ सम्म दिल्लीमा दैनिक करिब ३० सङ्क्रमणका घटना भेटिएकोमा डिसेम्बर २२ मा आइपुग्दा दिल्लीले १२५ वटा सङ्क्रमणका घटना पुष्टि गरिएको छ । यो गत छ महिनामा सबैभन्दा बढी हो ।

salt training

कमेन्ट गर्नुहोस्