३० असार २०८३, मंगलबार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल

माओवादी केन्द्रको स्थायी कमिटी बैठक शुरू, प्रचण्डको प्रतिवेदनमाथि छलफल
फाइल तस्वीर।

नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा शुरू भएको छ । 

शुक्रवारबाट शुरू भएको स्थायी कमिटी बैठकमा पार्टीको राष्ट्रिय सम्मेलनमा अध्यक्ष प्रचण्डले पेश गर्ने प्रतिवेदनका बारेमा छलफल भइरहेको छ । 

प्रचण्डले शुक्रवारको बैठकमा प्रतिवेदनको सारांश वाचन गरेर बैठकमा पेश गरेका थिए । 

माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन आयोजना गरेको छ । 

देशभरबाट करीब १५ सय प्रतिनिधि सहभागी हुने सम्मेलनले माओवादी केन्द्रलाई क्रान्तिकारी विचारसहित नयाँ क्रान्तिकारी पार्टीमा रूपान्तरण गर्ने माओवादी नेताहरूले दाबी गरेका छन् । 
 

salt training

कमेन्ट गर्नुहोस्