
कांग्रेसको केन्द्रीय कार्यसमितिमा शेखर कोइरालाको वरीयता २० औं नम्बरमा परेको छ ।
पार्टीका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले आज कांग्रेस केन्द्रीय सदस्यको वरीयता निर्धारण गरेका हुन् ।
कांग्रेसको विधानले सभापतिसँग चुनावी प्रतिस्पर्धा गरेर दोस्रो मत ल्याएका व्यक्ति स्वतः केन्द्रीय सदस्य हुने व्यवस्था गरेको छ । सोही अनुसार, कोइराला कांग्रेस केन्द्रीय सदस्य बनेका हुन् ।
कांग्रेस सभापतिका उम्मेदवार देउवाले दोस्रो चरणको निर्वाचनमा २७२४ मत प्राप्त गरेका थिए भने शेखर कोइरालाले १८१७ मत प्राप्त गरेका थिए ।
कांग्रेस विधानले सभापतिलाई केन्द्रीय सदस्यको वरीयता तोक्ने अधिकार दिएको छ ।
देउवाले निर्धारण गरेको वरीयता अनुसार देउवा पहिलो रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो वरीयतामा छन् ।
त्यसपछि महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरूको वरीयता छ । कांग्रेसमा सभापतिसहित १३ जना पदाधिकारी हुने व्यवस्था छ ।
देउवाले भने आफ्ना प्रतिद्वन्द्वी कोइरालाई निकै तलको वरीयता दिएका छन् ।