०२ असार २०८३, मंगलबार

देशभर पश्चिमी वायुको प्रभावः कस्तो रहला आज दिनभरको मौसम ?

देशभर पश्चिमी वायुको प्रभावः कस्तो रहला आज दिनभरको मौसम ?

हाल देशभर पश्चिमी वायुको प्रभाव रहेको छ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार बिहान सुदूरपश्चिम तथा कर्णाली प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशको पहाडी भूभागहरूमा आंशिक बदली रहेको छ।

यस्तै दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश लगायत अन्य पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने सम्भावना रहेको छ । बाँकी भूभागमा आंशिक बदली रहनेछभने  पहाडी भूभागको एक दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि रहेको महाशाखाको मौसमी बुलेटिनमा उल्लेख छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली  रहनेछ भने सुदूरपश्चिम र कर्णाली प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरु लगायत अन्य उच्च पहाडी र हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

salt training

कमेन्ट गर्नुहोस्