०८ असार २०८३, सोमबार

भायानेटको नयाँ योजना : ८ सय रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जिबी  एनसेल डाटा निःशुल्क

भायानेटको नयाँ योजना : ८ सय रुपैयाँमा ७५ एमबीपीएस इन्टरनेट र ४८ जिबी  एनसेल डाटा निःशुल्क

नयाँ वर्ष २०२२ को उपलक्ष्यमा भायानेटले मिनी इन्टनेट योजना सार्वजजिक गरेको छ ।

यस मिनी प्लान अन्तर्गत, भायानेटले ल्याएको छ, मिनी ७५ प्याक, जसमा वार्षिक ग्राहक बनी मात्र रू. ८०० प्रति महिनामा ग्राहकहरुले पाउनेछन्, ७५ एमबिपिएको सुपर–फाष्ट इन्टरनेट ।
नयाँ वर्षको अफर अन्तर्गत भायानेटले एनसेल सिम पनि निःशुल्क प्रदान गर्नेछ ।

यस सिम मार्फत ग्राहकहरुले प्रत्येक महिना ४ जीबीका दरले एक वर्षसम्म कुल ४८ जीबी मोबाइल डाटा पाउनेछन् । 
त्यस्तै गरी, यो सिम मार्फत ग्राहकहरुले अन्य एनसेल नम्बरमा कल गर्नका लागि मासिक ५० मिनेट टक टाइम, मासिक ५० वटा एसएमएस, भायानेटको कल सेन्टरमा महिनाको ५० मिनेट निःशुल्क कल र भायानेट एप चलाउन महिनाको १ जीबी थप निःशुल्क मोबाइल डाटा जस्ता उत्कृष्ट र उपयोगी सुविधाहरु पनि पाउने छन् ।

भायानेटले दुई हप्ता अघि मात्र अल्ट्राफाई लाइनको प्रोडक्टहरु पनि ल्याएको थियो, जुन इन्टरनेट प्लानले आफ्नो प्रयोगकर्तालाई उच्चतम इन्टरनेट स्पीड न्यूनतम मूल्यमा प्रदान गर्ने वाचा गरेको थियो । यस अल्ट्राफाई प्रोडक्ट लाइनहरुको विशेषता भनेको वार्षिक सदस्यता लिँदा मात्र रू. १२५० प्रति महिनामा १७५ एमबिपिएस इन्टरनेट प्लानका साथै २ वटासम्म भायाटिभीे प्याकेजको सदस्यता निःशुल्क पाइन्छ ।
 

salt training

कमेन्ट गर्नुहोस्