१९ असार २०८३, शुक्रबार

तनाव भए पनि भारत र चीनबीच व्यापार उच्चतम विन्दुमा

पुस ११, २०७८
तनाव भए पनि भारत र चीनबीच व्यापार उच्चतम विन्दुमा

भारत र चीनको सम्बन्ध अहिले चिसिएको भए पनि व्यापार चाहिँ फलिफाप भइरहेको छ । 

सन् २०२१ मा मात्रै दुई देशबीच १०० अर्ब डलर बराबरको व्यापार भयो । तर दुवै देशमा यसको खासै चर्चा छैन । पूर्वी लद्दाखमा सैन्य गतिरोध भएदेखि नै दुई देशबीचको समबन्ध अत्यन्त संवेदनशील अवस्थामा छ । 

समाचार संस्था पीटीआईका अनुसार, सन् २००१ मा १.८३ अर्ब डलरबाट शुरू भएको द्विपक्षीय व्यापार सन् २०२१ को ११ महिनामा १०० अर्ब डलर पुगेको हो । 

भारतले चीनसँग ८७.९० अर्ब डलरको आउात गरेको छ भने चीनलाई २६.३५ अर्ब डलर निर्यात गरेको छ ।

विगत ११ महिनामा भारतको व्यापार घाटा बढेको छ । अर्थात् भारतले चीनसँग किनेभन्दा कम सामान बेच्न पाएको छ । 

यस वर्ष मात्र भारतको व्यापार घाटा ५३.४९ प्रतिशतले बढेको हो । 

रक्षा विश्लेषक ब्रह्मा चेलानीले यस विषयमा चिन्ता व्यक्त गर्दै ट्वीट गरेका छन् । 

ट्वीटमा चेलानीले लेखे, ‘चीनले सीमा अतिक्रमण गरिरहेको बेलामा मोदी सरकारले सन् २०२१ मा चीनसँगको व्यापारमा ५० प्रतिशतको वृद्धिलाई मोदी सरकारले कसरी सही ठहर्‍याउन सक्छ ? जनवरी र नोभेम्बर महिनाको बीचमा ६१.५ अर्ब डलर सरप्लस चीनको पक्षमा छ र त्यो चालु आर्थिक वर्षमा भारतको लगभग कुल रक्षा खर्च बराबर छ ।’

सन् २०२० को मे महिनामा भारत र चीनबीच सैन्य गतिरोध शुरू भएको थियो । त्यसपछि गलवानमा भिडन्त हुँदा भारतका २० र चीनका चारजना सैनिक मारिएका थिए । 
 

salt training

कमेन्ट गर्नुहोस्