
धनुषा औरही गाउँपालिका-२, देउरीस्थित आँपको बगैंचाबाट लोड भएको एक थान कटुवा पेस्तोल आइतवार बिहान प्रहरीले बरामद गरेको छ ।
सोही ठाउँ बस्ने छठ्ठु मुखियाको घरमा अपरिचित व्यक्तिहरूले बाकस चोरी गरी उक्त बगैँचामा लगेर फुटाएको अवस्थामा घर धनीले थाहा पाएर हो-हल्ला गर्दा अपरिचित व्यक्तिहरू फरार भएको भन्ने खबर प्राप्त भएपछि प्रहरी घटनास्थल पुगेको थियो ।
इलाका प्रहरी कार्यालय औरहीबाट खटिएको प्रहरीले घटनास्थलबाट उक्त हतियार, १ थान मंगलसुत्र र नगद ५ हजार रुपैयाँ समेत बरामद गरेको छ । हाल फरार व्यक्तिहरुको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।