२९ असार २०८३, सोमबार

दक्षिण अफ्रिकामा रंगभेदी शासन अन्त्य गराउन भूमिका खेल्ने डेस्मन्ड टुटुको निधन

पुस ११, २०७८
दक्षिण अफ्रिकामा रंगभेदी शासन अन्त्य गराउन भूमिका खेल्ने डेस्मन्ड टुटुको निधन

दक्षिण अफ्रिकामा रंगभेदी शासन अन्त्य गराउनका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका नोबेल शान्ति पुरस्कार विजेता आर्कबिशप डेस्मन्ड टुटुको ९० वर्षको उमेरमा देहान्त भएको छ ।

महान् दक्षिण अफ्रिकीहरूको पुस्ताका अर्का एक व्यक्तित्वलाई गुमाउनुपरेको राष्ट्रपति सिरील रामाफोसाले बताए । 

टुटु दक्षिण अफ्रिकाका सर्वाधिक चर्चित व्यक्तिमध्ये एक थिए । 

रंगभेदविरुद्धको आन्दोलनका नेता नेल्सन मन्डेलाका समकालीन टुटु सन् १९४८ देखि १९९१ सम्म अल्पसंख्यक गोरा शासकहरूले चलाएको रंगभेदी नीतिको विरोध गर्थे । 

उनले रंगभेदी शासन प्रणालीलाई अन्त्य गर्नका लागि खेलेको भूमिकाका लागि सन् १९८४ मा नोबेल शान्ति पुरस्कार पाएका थिए । 

सन् १९६० मा पादरी बनेका टुटु सन् १९७६ देखि १९७८ सम्म लेसोथोको बिशप बनेका थिए । सन् १९८५ मा उनी जोहानेसबर्गमा बिशप थिए । केपटाउनका उनी पहिलो काला जातिका आर्कबिशप थिए । 

आफ्नो उच्च दर्जालाई उनले  देशमा काला जातिका मानिसमाथि हुने दमनका विरुद्ध बोल्नका लागि उपयोग गर्ने गरेका थिए । आफ्नो उद्देश्य राजनीतिक नभई धार्मिक रहेको उनी बताउँथे । 
 

salt training

कमेन्ट गर्नुहोस्