०९ साउन २०८३, शनिबार
माओवादी महाधिवेशन

आफू जनयुद्धमा लागेका दिन सम्झिँदै उपेन्द्रले भने– अन्यथा राजनीतिक परिवर्तन सम्भव थिएन

आफू जनयुद्धमा लागेका दिन सम्झिँदै उपेन्द्रले भने– अन्यथा राजनीतिक परिवर्तन सम्भव थिएन

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले माओवादी जनयुद्ध र मधेश विद्रोहकै जगमा वर्तमान राजनीतिक परिवर्तन सम्भव भएको बताएका छन् ।

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन उद्घाटन समारोहलाई आइतवार प्रज्ञा भवनमा सम्बोधन गर्दै यादवले आफूहरू सँगै लडेको पुराना दिन पनि सम्झिए ।

'जनयुद्धका विभिन्न मोर्चामा सँगै लडेको सम्झना अहिले पनि भइरहेको छ,' यादवले भने, 'माओवादी जनयुद्ध र मधेश विद्रोह नभएको भए मुलुक संघीय लोकतान्त्रिक गणतन्त्र हुने थिएन । देश राजतन्त्रकै वरिपरि घुमिरहेको हुन्थ्यो ।'

उनले सत्य निरुपण तथा मेलमिलापको विषय अहिले पनि अलपत्र रहेको भन्दै जनयुद्ध र विद्रोहमा लागेकाहरूलाई न्याय दिलाउन प्रचण्डको ध्यानाकर्षण गराए ।

उनले संविधानमा सबैको अपनत्व हुने वातावरण बनाउन मञ्चमै रहेका प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्ता गठबन्धनका नेताहरूको ध्यानाकर्षण गराए ।

उनले संसद् अवरुद्ध गराएर केही प्राप्त नहुने भन्दै एमाले महासचिव शंकर पोखरेलले ध्यानाकर्षण गराए ।

'संसद् अवरुद्ध गर्ने कमरेड यहीँ हुनुहुन्छ । माधव नेपाल संसदमा भएर अवरुद्ध गरेको भन्नुहुन्छ, माधवजी पनि यहीँ हुनुहुन्छ, उहाँहरू पनि यहीँ हुनुहुन्छ । घर काठमाडौंमै छ । दुवैले कम्युनिस्ट झण्डा हल्लाइरहनुभएकै छ,' यादवले भने, 'संसद् अवरुद्ध गरेर केही उपलब्धि हुँदैन ।'

salt training

कमेन्ट गर्नुहोस्