०८ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

माओवादीको बन्दसत्र आजदेखि, उद्घाटनसत्रमा नेताहरुबीच एकअर्काको प्रशंसा

माओवादीको बन्दसत्र आजदेखि, उद्घाटनसत्रमा नेताहरुबीच एकअर्काको प्रशंसा

नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाधिवेशन अन्तर्गत आजदेखि बन्द सुरु हुँदैछ । बिहान ११ बजेदेखि बन्दसत्र सुरु हुने माओवादी केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए । यसअघि माओवादीको महाधिवेशनको उद्घाटन सत्र आइतबार भएको थियो । आइतबारको उद्घाटनसत्रमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले महासचिव शंकर पोखरेल, एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, माले महासचिव सीपी मैनालीलगायतका नेताहरुको उपस्थिति रहेको थियो । 

सो क्रममा नेताहरुले एकअर्काको प्रसंशा गरेका थिए । कार्यक्रमहरुमा एकअर्कालाई घोचपेच गर्ने नेताहरुको स्वाभाव माओवादीको महाधिवेशन केही फरक देखियो । सम्बोधनका क्रममा सीपी मैनाली, माधव नेपाल र देउवाले प्रचण्डको प्रशंसा गरे भने एमाले महासचिवले पनि पुनः पार्टी एकतामा जोड दिए । यस्तै प्रचण्डले पनि नेताहरुको खुलेर प्रशंशा गरेका थिए । 
०००००
सोही महाधिवेशनलाई सम्बोधन गर्दै देउवाले सत्तारूढ गठबन्धन कोही कसैको खिलाफमा नभएको स्पष्ट पारे ।  “यो पाँच दलीय गठबन्धन कोही कसैको खिलाफमा होइन । यो संविधानको रक्षा र संसद्लाई पूरा कार्यकाल चल्न दिनका लागि गठन भएको हो । म त चाहन्छु यो अझै अगाडि जाओस्”, उनले भने, “उता ओलीजी ९नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओली० र अन्य पार्टीलाई नलागोस् कि यो गठबन्धन हाम्रा खिलाफमा हो ।”

    देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन कुनै पनि अर्थमा राष्ट्रघाती नभएको दावी गरे । उनmे भने, “कहाँ छ एमसीसीमा राष्ट्रघात । पढ्नुप¥यो, अध्ययन गर्नुप¥यो । म राष्ट्रको खिलाफमा जाऔँला कहिल्यै ? प्रजातन्त्र र राष्ट्रका लडेको मान्छे हो म, के राष्ट्रघात काम गरुँला मैले ? राष्ट्रघाती सन्धि किन गरुँला ? त्यसकारण यसका बारेमा अध्ययन गर्नुस् । हाम्रो बीचमा छलफल हुँदैछ । एमसीसी नेपालको हितमा छ । सित्तैमा आएको पैसा हो यो । सित्तैमा आएको पैसा चाहिन्न भन्छ ।” 
    विश्व बैंक, एशियाली विकास बैंकलगायतका बहुपक्षीय दातृ निकायबाट ऋण लिँदा अन्तर्राष्ट्रिय कानून आकर्षित हुने बताउँदै प्रधानमन्त्री देउवाले एमसीसीले नेपालको कानून मान्छु भनेकाले यो देशको खिलाफमा नभएको स्पष्ट गरे  । व्यापक छलफल गरेर एससीसी सहमतिका साथ पास गराउने प्रधानमन्त्रीको भनाइ थियो ।
००००
यसैगरी प्रचण्डले महाधिवशेनपछि माओवादीलाई मात्र नभई देश र जनतालाई नयाँ उत्साह दिन चाहेको बताए ।  मधेसी जनताका हक अधिकारका लािग आफूले प्रधानमन्त्रीको हैसियतमा संविधान संशोधनको विषय उठान गरेको उल्लेख गर्दै उनले मधेसी र आदिवासी जनजातिको हकअधिकार संरक्षणका लागि आफूले पहल गरेको स्मरण गरे ।  
        पछिल्लो चरण पार्टीमा विचार सुशासन जनताको आकांक्षा पूरा गर्न गरिबलाई राहत दिन विभिन्न पार्टीसँग नजिक भएर काम गरेको उल्लेख गर्दै उनले आगामी दिनमा गठबन्धनभन्दा अगाडि बढेर जान आफूहरू तयार रहेको बताए ।  राजनीतिमा इमान्दारिता आवश्यक रहेको भन्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवा र आफूले एक अर्कालाई प्रधानमन्त्रीमा समर्थन गरेर नमूना प्रस्तुत गरेको बताए । 
००००
यसैगरी माधव नेपालले मुलुकमा कुनै व्यक्ति तथा वंशको दासत्व स्वीकार्य नहुने बताए । नेपालले देश विकासका लागि नागरिक अधिकार प्रधान हुने विचार व्यक्त गर्दै जनताको लामो सङ्घर्षबाट राजतन्त्रको अन्त्य भई गणतन्त्र स्थापना गरिएकाले आर्थिक समृद्धिको जनचाहनालाई व्यापक बनाउनुपर्नेमा जोड दिए । 
००००
यसैगरी मधेश केन्द्रित दलका नेताले सङ्घीयता, समावेशीता, धर्मनिरपेक्षता र गणतन्त्र धरापमा पर्दै गएको आशङ्का गर्दै सबै परिवर्ततकारी शक्ती एक जुट हुनुपर्नेमा जोड दिए ।  
००००
यसैगरी एमाले महासचिव पोखरेलले कम्युनिस्टहरुबीच पुनः एकताको खाँचो औंल्याए । उनले कम्युनिस्ट विभाजन हुन नहुने धारणा राखे । 
००००
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव आगामी मङ्गलबार र बुधबार देशभर फैलिएर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा र उच्च पहाडी तथा हिमाली भूभागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिएको छ । 

जल तथा मौसम विज्ञान विभागले एक बुलेटिन निकालेर यो मौसमी प्रणालीका कारण पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा समेत असर पर्नसक्ने देखिएकाले चिसोबाट बच्न र हिमपातबाट हुनसक्ने प्रभावबाट जोगिन आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।
००००
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन सुरक्षासहित मुलुकको समग्र शान्ति सुव्यवस्थाका विषयमा समीक्षा र विश्लेषण गरिएको छ । 
गृह मन्त्रालयमा आइतबार भएको समिति बैठकमा आगामी राष्ट्रियसभा सदस्य निर्वाचनको सुरक्षा प्रबन्धबारे छलफल भएको गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेले जानकारी दिए ।  राष्ट्रियसभा सदस्य निर्वाचन आगामी माघ १२ गते १९ सदस्य पदका लागि हुँदैछ । उक्त निर्वाचनका लागि मुलुकका विभिन्न प्रदेशमा आठ मतदानस्थल र १४ मतदान केन्द्र  तोकिएको छ ।
००००
धितोपत्र बजारमा शेयरका कारोबार मापक नेप्से परिसूचक नेप्से परिसूचक आइतबार उच्च अङ्कले उकालो लागेको छ । शेयर कारोबार हुने साताको पहिलो दिन नेप्सेमा उच्च अङ्कको वृद्धि भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ७१.२० अङ्कले बढेर दुई हजार ५९१.४२ मा पुगेको छ ।
००००

salt training

कमेन्ट गर्नुहोस्