२४ असार २०८३, बुधबार

एक करोड ५० लाख बराबरको अवैध सामग्री बरामद

एक करोड ५०  लाख बराबरको अवैध सामग्री बरामद

जिल्ला प्रहरी कार्यालय पर्साले एक महिनाका अवधिमा करिब रु एक करोड ५० लाखभन्दा बढी बराबरको अवैध मालसामान  बरामद गरी भन्सार कार्यालय र राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको छ ।

प्रहरी टोलीले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गरी उक्त मूल्य बराबरको सामग्री ती कार्यालयलाई बुझाएको हो । 

     प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले अवैधरुपमा भन्सार छली भित्र्याइएका विभिन्न सामग्री बरामद गर्ने अभियान सञ्चालन गरिएको जानकारी दिए। उनले गत मङ्सिर १२ गते पर्साको प्रहरी प्रमुखको रुपमा कार्यभार सम्हालेका थिए ।  गत मङ्सिर महिनामा रु एक करोड १३ लाख ७० हजार ९३७  र यही पुस महिनाको १० गतेसम्म रु ३४ लाख १७ हजार ८०० बराबरको भन्सार छलीका सामग्री प्रहरीले बरामद गरी भन्सार पठाएको छ । 
     

    सोही अवधिमा स्रोत नखुलेको रु १८ लाख नेपालीसहित दुई जनालाई पक्राउ गरेर कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरी उपरीक्षक बस्नेतले बताए । विभिन्न मुद्दामा फरार रहेका सात फरार प्रतिवादीलाई समेत पक्राउ गर्न सफल भएको उनको भनाइ छ । 

    सात फरार प्रतिवादीबाट जरिवानास्वरुप रु एक  लाख ७५ हजार ५९९ सङ्कलन गरिएको छ ।  प्रहरी उपरीक्षक बस्नेतले कर्तव्यनिष्ठ भएर जिम्मेवारी बहन गर्न सम्पूर्ण मातहतका युनिटलाई निर्देशन समेत दिएका छन् ।   

अवैध बन्दुकसहित पक्राउ

बारा प्रहरीले अवैध नलकटुवा बन्दुकसहित एक जनालाई  परवानीपुरबाट आइतबार पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय परवानीपुर बाराबाट  खटिएको प्रहरी टोलीले बाराको परवानीपुर गाउँपालिका–४ चैनपुर का २४ वर्षीय सनवर देवानलाई पक्राउ गरेको हो । उनलाई  चैनपुरस्थित लक्ष्मीनारायण दुर्गा मन्दिर परिसरभित्रबाट अवैध कटुवा बन्दुकसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्