०८ साउन २०८३, शुक्रबार

सप्तरीमा एक महिलाको हत्या

सप्तरीमा एक महिलाको हत्या
सांकेतिक तस्वीर।

सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही वीरपुरमा सोमवार बिहान एक महिलाको हत्या भएको छ । 

५० वर्षीया भुटनीदेवी यादवको घाँटी रेटी बियरको बोतल प्रहार गरेर हत्या गरिएको अवस्थामा शव भेटिएको स्थानीयवासी शुभनारायण यादवले जानकारी दिए । घरबाट खरानी लिएर खेतमा फाल्न गएका बेला उनको हत्या गरिएको प्रहरीको भनाइ छ ।

यसैबीच घटनास्थलमा जिल्ला प्रहरी कार्यालयबाट एक टोली गएको र घटनाबारे थप विवरण आउन बाँकी नै रहेको जनाइएको छ । साथै अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले बताए ।

salt training

कमेन्ट गर्नुहोस्