०२ असार २०८३, मंगलबार

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौंको कागेश्वरी मनोहरामा भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । 

कागेश्वरी मनोहरा नगरपालिका–८, शिवचोकस्थित सडकमा बागमती प्रदेश ०२–०१७ प ९८२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक सिन्धुपाल्चोक बाह्रबीसे घर भई काठमाडौं थली बस्ने २७ वर्षीय राजमान तामाङको सोमवार बिहान मृत्यु भएको हो । 

दुर्घटनामा गम्भीर घाइते भएका तामाङको नेपाल मेडिकल कलेज जोरपाटीमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्